दाङमा शिवराज हत्या प्रकरण : चार जना पक्राउ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङमा शिवराज हत्या प्रकरण : चार जना पक्राउ

    मा प्रकाशित

दाङ, १७ पाैष ।
दाङमा गोली हानी हत्या गरिएका घोराहीका एक ब्यक्तिको घटना अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका – ६ अघराका ४५ बर्षीय शिवराज केसीको गोली हानेर हत्या गरेको अवस्थामा पुस १२ गते बंगलाचुली गाउँपालिका – ४ स्थित कोइला खानीको सुरुङभित्र शब फेला परेको थियो ।

केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर गएका थिए ।

शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका – ४ गदारीका ४३ बर्षीय शेरबहादुर कँवर, उनकी ३५ बर्षीया श्रीमती दीपा कवँर र दीपाका भाइ २९ बर्षीय तिलक पुनसहित भरुवा बन्दुक दिने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार प्रहरीले शिवराज हत्या प्रकरणबारे आफ्नो अनुसन्धान पूरा गरऊ सकेको हुँदा बुधबार घटना सार्वजनिक गरिएकाे हाे ।
श्रीमति दीपा संगको सम्बन्धका कारण शेरबहादुरले योजना बनाइ शिवराजको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

हत्या पछि भारत पुगेका श्रीमान – श्रीमतीलाई प्रहरीले पक्राउ गरी जिल्ला ल्याएको हो । उनीहरुको बयानका आधारमा थप दुई जना पक्राउ परेका हुन । बन्दुक दिने ब्यक्ति पनि बंगलाचुली कै रहेको प्रहरीले बताएको छ ।

रोजगारीको सिलसिलामा भारत आउजाउ गरिरहने शेरबहादुरले श्रीमती दीपा र शिवराजसँगको सम्बन्धको सुइको पाएपछि हत्या योजना बुनेका प्रहरी अधिकारी बताउँछन् ।

दीपाले सोही सम्बन्धका कारण शिवराजलाई बंगलाचुलीस्थित कोईलाखानीको सुरुङसम्म डाेरयाएकाे कुरा खुलेको प्रहरी अधिकारी बताउँछन् ।

.घटना विवरण :

मिति २०८०।०९।०८ गते मृतक शिवराज के.सी.र दिपा कवर मगरसँगै बंगलाचुलीको गदारी भन्ने स्थानमा गएकोमा मिति २०८०।०९।०९ गते दिपा कवर मगर मात्र घरमा फर्केकी र शिवराज के.सी. घरमा नफर्केपछि शिवराज के.सी.को आफन्तले निज दिपा कवर मगरलाई सोधपुछ गर्दा कुनै थाहा नभएको भनेको हुँदा मिति २०८०।०९।१० गते शिवराज के.सी.को दाजु डम्बर के.सी.ले खोजतलासको लागि हुलिया निवेदन पेश गरेको । मिति २०८०।०९।१३ गते दिपा कवर मगर आफ्नो छोराछोरी साथमा लिई भारततर्फ जान लागेपछि निजले कहि कतै मारी लुकाई छिपाई राखेको शंका छ भनी दाजु डम्बर के.सी.ले पुनः निवेदन पेश गरेको ।
मिति २०८०।०९।१३ गते खटिई गएको प्रहरी टोलीले सम्भावित स्थानहरुमा खोजतलास गर्दै जाँदा राती अं.२१;३० बजेको समयमा जिल्ला दाङ बंगलाचुली गाँउपालिका वडा नं. ४ भुमेबरा सामुदायिक बनको विचमा रहेको रुकधने कोईला खानीको प्वाल देखि भित्र अं.६० मिटर गहिराईमा कोईलाको धुलोले शरीरको पुरै भाग पुरिएको अवस्थामा हराएका व्यक्ति शिवराज के.सी.को मृत लाश फेला परेको ।
मिति २०८०।०९।१४ गते मृतकको साला नाता पर्ने शिवराज वलीले किटानी जाहेरी दरखास्त दिदा प्रतिवादी सेर बहादुर कवर मगर, दिपा कवर मगर र तिलक पुन मगरको संलग्नता रहेको भनी उल्लेख गरी पेश गरेकोले निज प्रतिवादीहरूको खोजतलास गर्दै जाँदा मिति २०८०।०९।१५ गते जिल्ला दाङ लमही नगरपालिका वडा नं. ९ अमिलिया जंगलको एरियामा लुकिछिपि बसेको सुचनाको आधारमा प्रहरी टोलीले सोही जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको र प्रारम्भिक सोधपुछ गर्दा हत्यामा भरूवा बन्दुक प्रयोग गरिएको खुल्न आएकोले मिति २०८०।०९।१५ गते जिल्ला दाङ वंगलाचुली गाँउपालिका वडा नं.१ बस्ने मेघराज कवर मगरको घरबाट भरुवा बन्दुक नाल १, सो बन्दुकमा प्रयोग हुने छर्रा थान-१०८, गोलाकार भएको ठुला गोली थान-२, लाम्चा आकारका ठुला गोली थान-३९, बारुद ७५ ग्राम, केप थान-५ र हरियो सुती कपडाको लत्ता थान-१ सहितको सिकारी झोला बरामद गरी प्रतिवादी मेघराज कवर मगर समेतलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्