भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणमा

    मा प्रकाशित

काठमाडौं, १९ पाैष ।
भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै छन् । उनी भारतीय वायु सेनाको विशेष विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

यस्ताे छ भ्रमण तालिका

भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्दै छन् । नेपाल आए लगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान ११ बजे शीतल निवासमा पहिलो भेट गर्ने छन् ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले मध्याह्न १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्नेछन् ।

यस्तै दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय छलफल हुने कार्यक्रम रहेको छ ।

त्यसपछि सोही होटलमा सवा १ बजेबाट दुबै देशको संयुक्त मन्त्रीस्तरीय बैठक सुरु हुनेछ भने पौने २ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

सम्झौतापछि विदेशमन्त्री जयशंकरले राजनीतिक नेतासँग भेटवार्ता गर्नेछन्, जसअनुसार पौने ४ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुने छ भने साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने तालिका छ ।

विदेशमन्त्री जयशंकरले भोली बिहान पशुपतिनाथको दर्शन गर्ने र पुनर्निर्माण भइरहेका भवनहरूको निरीक्षण पश्चात दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्