घोराही–तुलसीपुर चल्ने सवारीलाई टाइमकार्ड लागु हुने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

घोराही–तुलसीपुर चल्ने सवारीलाई टाइमकार्ड लागु हुने

    मा प्रकाशित

घोराही । जिल्लामा सडक दुर्घटना बृद्धि हुँदै गएपछि सवारी साधनको गति सीमित गर्न ‘टाइम–कार्ड’ गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार दुर्घटना न्यूनीकरणका सन्दर्भमा आयोजित सरोकारवालाहरूको छलफलमा सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम–कार्ड लागु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।
टाइमकार्ड लागु गर्ने नीतिगत निर्णय भएको भएपनि यसको व्यावहारिक कार्यान्वयनका लागि भने ट्राफिक कार्यालय र यातायात व्यवसायीबिच तत्कालै छलफल गरेर टुङ्ग्याउने प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । ‘जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएपछि दुर्घटना न्युनीकरणका लागि टाइमकार्ड लागु गर्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘यसको व्यावहारिक कार्यान्वयनका लागि कसरी लागु गर्ने, प्रतिघण्टा कति किलोमिटर सवारी साधन कुदाउने भन्ने निर्णय भने ट्रापिक कार्यालय र यातायात व्यवसायीबिच छलफल गरेर टुङ्गो लगाउने निर्णय भएको छ ।’

उनका अनुसार अबको एक/दुई दिनमै यसको टुङ्गो लाग्ने पनि प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । साथै सवारी साधनको गति जाँच गर्ने मेसिनको समेत व्यवस्थापन गरेर यातायातका साधनहरूको गति जाँच गरिने प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । यसैगरी सवारी साधन सञ्चालनका लागि क्यू–सिस्टम कडाइका साथ लागु गर्ने निर्णय पनि गरिएको छ ।
‘सवारी साधन सञ्चालनका लागि क्यू सिस्टम कडाइका साथ लागु गर्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘अगाडि छुटेको सवारी बोकेका साधनलाई पछि छुटेको सवारी साधनले नउछिन्ने गरी यातायात सञ्चालनको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।’ यसैगरी सवारी साधन चेकजाँच गरिएको मेकानिकल रिपोर्ट र चालकको मेडिकल रिपोर्ट अनिवार्य रूपमा सवारी साधनमा राखिनु पर्ने निर्णय पनि छलफलमा भएको छ ।
यसैगरी छलफलमा विद्यालय तथा अस्पताल क्षेत्रमा ती निकाय भएको बोर्ड राख्ने निर्णय पनि भएको छलफलमा सहभागी नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्र्रेलले जानकारी दिए । छलफलमा प्रमुख जिल्ला अधिकारी सुवेदीसहित जनप्रतिनिधि, यातायात व्यवसायी, विद्यार्थी संघसंसगठनका प्रतिनिधि सहभागी थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्