दाङमा भीरबाट लडेर एकजनाकाे मृत्यु, एकजना मृत फेला – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङमा भीरबाट लडेर एकजनाकाे मृत्यु, एकजना मृत फेला

    मा प्रकाशित

दाङ, २७ पाैष ।

दाङमा एक पुरूषकाे भीरबाट लडेर मृत्यु भएकाे छ । जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ५१ वर्षीया पूर्णबहादुर नेपालीको भीरबाट लडेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हाे ।

प्रहरीका अनुसार बिहिबार दिउँसो दाङ–सल्यान सडकखण्ड अन्र्तगत तुलसीपुर ३ को सातबास (ढकेरीथान) भन्ने स्थानमा नेपालीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार उनी पौष २५ गते (बुधबार) तुलसीपुर ३ कै बल्ले जानका लागि घरबाट हिडेका थिए । सडकदेखि करिब ५०/६० मिटर तल खोलामा शव फेला परेको र घटनाको प्रकृति हेर्दा पनि सडकबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, तुलसीपुर–११ उरहरीको पूर्वतर्फ बारीमा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । शवको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर ११ उरहरी स्थित सडकदेखी अन्दाजी २०/२५ मिटर पुर्वतर्फ बारीमा पहिचान नखुलेको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएका छन् । प्रहरीका अनुसार बिहिबार दिउँसो सवा ४ बजेको समयमा शव फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेकाले हुलिया परिपत्र गरिएको छ । प्रहरीका अनुसार मृतकले लेखेको सेतो टाटेपाटे ज्याकेट, कालो धर्के ट्रयाकसुट र कालो स्पोर्ट सुज लगाएको देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्