कनिका खबर
असार २८, दाङ ।
दाङमा प्रहरीलाई घुस दिने खोज्ने व्यक्ति प्रहरी कार्यालयबाटै घुस रकमसहित पक्राउ परेका छन् । हिजो शनिबार वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै घुस दिन खोज्दा पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १८ का वर्ष २७ का गोविन्द शाह र स्वर्गद्वारी नगरपालिका वडा नं. ५ भिङ्ग्री प्यूठान घर भई लमहीमा बसोबास गर्दै आएका वर्ष ३० का समिर भण्डारी रहेका छन् । उनीहरुले वडा प्रहरी कार्यालयका निरीक्षक रिमाललाई भेटेर केही समय अगाडि ब्राउन सुगर मुद्दामा प्रक्राउ परेका सागर केसी भन्ने दुर्गाराम खत्रीको केस मिलाइदिनका लागि जबरजस्ती १ लाख ५० हजार रुपियाँ घुस दिन खोज्दा उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुमित खड्ककाले बताएका छन् । थप आवश्यक कारवाहीका लागि उनीहरुलाई अख्तियार द्रुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल पठाइएको छ ।
मा प्रकाशित