नेपाली आँखालाई नेपाली चलचित्र ‘काँडेतार’ – Kanika Khabar
Friday, May 3Nepali News Portal

नेपाली आँखालाई नेपाली चलचित्र ‘काँडेतार’

    मा प्रकाशित

No description available.दाङ, ८ माघ ।
चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्काले चलचित्र काँडेतार नेपाली आँखाका लागि नेपाली चलचित्र रहेको बताएका छन् । आज सोमबार दाङको घोराहीमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दाङसँगको भेटमा अभिनेता खड्काले नेपाली दर्शकका आँखाका लागि सुहाउँदो नेपाली माटोको कथा बोकेको चलचित्र निर्माण गरेको बताएका हुन् ।

चलचित्र ‘काँडेतार’ को च्यारेटी सो का लागि देशव्यापी अभियानमा रहेका अभिनेता खड्का अहिले दाङ आइपुगेका हुन् । भेटका क्रममा अभिनेता खड्काले चलचित्र ‘काँडेतार’ ले नेपालको सभ्यताको विकास तथा देशको इतिहासको इतिवृतान्तलाई समेटेको बताएका हुन् । ‘देशको राजनीतिक अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थालाई चलचित्रले समेटेको छ । सम्भावनाको अभावमा विदेश पलायन हुने युवावर्गलाई स्वदेशमै सम्भावना रहेको सन्देश चलचित्रले सम्प्रेषण गरेको छ । साथै देशमै सम्भावना प्रशस्त रहेकोले युवा पुस्तालाई रचनात्मक तथा सिर्जनात्मक कार्यमा लाग्न समेत चलचित्रले अपील गरेको छ ।’ उनले थपे, ‘चलचित्रले स्पष्ट सीमानाको खोजी गरेको छ । सीमानामा काँडेतार तथा पर्खाल लगाउनाले देशको सीमाना स्पष्ट हुने विषयलाई उठाएको छ । चलचित्रले सीमानाबिनाको देश हुनुहुँदैन भन्ने सन्देश सम्प्रेषण गरेको छ । चलचित्रले समस्याको उठान गर्नुका साथै समाधानका उपायलाई पनि प्रस्तुत गरेको छ ।’

No description available.

देशका ७० भन्दा बढी स्थानमा चलचित्र ‘काँडेतार’ को च्यारेटी सो भइसकेको अभिनेता खड्काले जानकारी दिए । भारतविरोधी चलचित्र भएको नकारात्मक प्रचारका गरिदिनाले कतिपय स्थानमा च्यारेटी सोमा समेत कठिनाई उत्पन्न भएको अभिनेता खड्काले बताए । ‘ काँडेतार भारतविरोधी चलचित्र होइन । यस चलचित्रले दुवै देशको सुमधुर सम्बन्धको अपील गरेको छ । दुवै देशको सम्बन्धलाई सुमधुर राख्न, शान्ति व्यवस्था कायम गर्न तथा भारत र नेपालबिचको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ राख्नुपर्नेमा चलचित्रले जोड दिएको छ । दुवै देशका लागि शान्ति सुरक्षालाई चलचित्रले प्राथमिकतामा राखेको छ ।’ उनले बताए ।

 

भेटका क्रममा प्याब्सनका केन्द्रीय सचिव यादव गिरी, प्याब्सन दाङका उपाध्यक्ष चत्रलबहादुर रावत, सचिव आदिम केसी, प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द्र चन्द, सचिव बालकृष्ण ओली लगायतले विचार राखेका थिए ।

यही माघ १३ गते शनिबार दाङको घोराहीस्थित गणेश हलमा चलचित्र ‘काँडेतार’ को च्यारेटी सो हुन थालेको छ । च्यारेटी सो मा अभिनेता खड्काले सबैलाई सहभागी हुन अनुरोध समेत गरेका छन् ।

आगामी फागुन २५ गतेदेखि चलचित्र ‘काँडेतार’ रिलिज हुने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्