पेट्रोलियम पदार्थ बिक्रीका लागि नयाँ विक्रेताले दिएका एक हजार आवेदन खारेज – Kanika Khabar
Friday, April 18Nepali News Portal

पेट्रोलियम पदार्थ बिक्रीका लागि नयाँ विक्रेताले दिएका एक हजार आवेदन खारेज

    मा प्रकाशित

कनिका खबर
असार २८, काठमाडौँ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीका लागि नयाँ विक्रेताको लाइसेन्सका लागि परेको एक हजार आवेदन खारेज गरेको छ । नयाँ पेट्रोल पम्प राख्नका लागि आएका १ हजार २५ वटा आवेदन नेपाल आयल निगमले खारेज गरेको हो ।
२०७६ वैशाख १७ र भदौ १० गते निगमले पेट्रोलियम पदार्थ बिक्रीका लागि नयाँ विक्रेता नियुक्त गर्न आवदेन मागेको थियो । तर, अहिले पेट्रोल पम्प रहेकै क्षेत्रबाट नयाँ विक्रेता माग भएकाले आवेदन रद्द गरिएको निगमले जनाएको छ ।
निगमको सञ्चालक समितिले नयाँ विक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भूगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त नभएको ठहर गर्दै आवेदन खारेज गरेको हो । अब आवेदन दिँदा बुझाएको दस्तुर रकम निवेदकले फिर्ता लिन सक्नेछन् । निगमले अब नयाँ मापदण्ड बनाएर फेरि सूचना जारी गर्ने तयारी गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्