मलेसियाबाट पहिलो चरणमा ३३ सय २२ जना नेपालीको उद्दार – Kanika Khabar
Friday, February 14Nepali News Portal

मलेसियाबाट पहिलो चरणमा ३३ सय २२ जना नेपालीको उद्दार

    मा प्रकाशित

कनिका खबर
असार २८, काठमाडौँ ।
मलेसियाबाट पहिलो चरणमा ३३ सय २२ जना नेपालीको उद्दार गरिएको छ । कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउन सुरु गरिएको पहिलो चरणको उडानमार्फत् उनीहरुको उद्दार गरिएको हो ।
नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरबाट समेत गरी २१ वटा उडानमार्फत ३३ सय २२ जना नागरिकहरु नेपाल फर्किएका हुन् । पहिलो उडान एक महिना पहिले १८ जुनमा भएको थियो । यस अवधिमा मलेसिया बाहेक इण्डोनेसियाबाट २०, फिलिपिन्सबाट १ सय ९, हङकङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएको क्वालालाम्पुरस्थित नेपाली दूतावासको कार्यालयले जनाएको छ ।
फिलिपिन्समा अलपत्र परेका १ सय ८ जना नेपाली नागरिकहरुसहित हिमालय एयरलाइन्स १२ जुलाईमा नेपाल फर्किएको थियो । क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेलरडिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्किएका हुन् । यसैगरी उद्दारका लागि गएका उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल ल्याइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्