तलब भत्ता पाउनुपर्ने माग राख्दै संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलित – Kanika Khabar
Friday, January 17Nepali News Portal

तलब भत्ता पाउनुपर्ने माग राख्दै संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलित

    मा प्रकाशित

कनिका खबर
असार २८, धादिङ ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेपछि देशभरका विद्यालयहरु बन्द रहेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरुको तलब सरकारले कटौति गरेको छैन तर संस्थागत विद्यालयका शिक्षकहरु भने चैत्रदेखि नै तलब भत्ता नपाएको भन्दै आन्दोलित भएका छन् ।
आज धादिङबेसीमा जिल्लाका विभिन्न संस्थागत विद्यालयका शिक्षकहरु विद्यालयले तलब नदिएको कारण दैनिकी चलाउन नै मुस्किल परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । हातमा प्लेकार्ड बोकेर करिब ४० जना शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्