लकडाउन बजारमा प्रशासनकाे “व्याक गियर” – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

लकडाउन बजारमा प्रशासनकाे “व्याक गियर”

    मा प्रकाशित

कनिका खबर

दाङ,१६ बैशाख ।
लकडाउनको समयमा दिउँसो अत्यावश्यक पसल खोल्दा बजारमा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय दाङले पुनः विहान पसल खोल्ने गरी व्यवस्था मिलाएको छ ।

हिजो मात्रै घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय दाङले मंगलबारदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लकडाउन खुकुलाे हुदा सडकमा देखियका सर्वसाधारण फाेटाे: राेशनमान श्रेष्ठ

प्रशासनको निर्णय अनुसार मंगलबार दिउँसो अत्यावश्यक सामान खरिदका लागि मानिसहरु बजारमा निस्किएपछि भीडभाड भएको थियो । दिउँसोमा भीडभाड बढी भएर गुनासो आएपछि पुन: विहानै पसल सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

‘विहानभन्दा दिउँसो सहज होला भनेर आजदेखि दिउँसो पसल खोल्ने व्यवस्था मिलाएका थियौं’–प्रमुख जिल्ला अधिकारीले भने–‘तर बजारमा दिउँसो झनै भीडभाड देखिएपछि विहानकै समय उपयुक्त हुने देखियो ।’ जस अनुसार अब पुरानै तालिका अनुसार आइतवार, मंगलवार र शुक्रवार विहान पसलहरु सञ्चालन हुने भएको छ ।

यता दाङ उद्योग वाणिज्य संघले भने यसबारे प्रशासनले कुनै पनि समन्वय नगरेकाे बताएकाे छ । संघका अध्यक्ष नारायण भुषालले कनिकासँगकाे संवादमा भने, “अहिलेसम्म हामीलाई यसबारे कुनै जानकारी अाएकाे छैन, प्रमुख जिल्ला अधिकारीँग दिनभर बजार अनुगमनमा सँगै थियौं तर प्रशासनले याे निर्णय गर्दासम्म हामीसँग समन्वय गरेकाे छैन ।” अब उद्योग वाणिज्य संघले प्रदान गर्दै अाएकाे हाेम डेलिभरी सेवा सुचारू रहन्छ कि रहँदैन भन्ने जिज्ञासामा भुषालले भने, “पहिले पनि राज्यले अनुराेध गरेर हामीले सेवा उपलब्ध गराएका हाैँ, अब हामीलाई अाधिकारिक अनुराेध पत्र नअाउँदासम्म हचुवाकाे भरमा सेवा प्रदान गर्दैनाैँ ।”

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्