लोक संस्कृति संरक्षण र पुस्तान्तरण हुन आवश्यक : ब्याकुल माइला – Kanika Khabar
Sunday, April 28Nepali News Portal

लोक संस्कृति संरक्षण र पुस्तान्तरण हुन आवश्यक : ब्याकुल माइला

    मा प्रकाशित

जयन्ती चौधरी
दाङ, १६ माघ ।

राष्ट्रिय गीतका रचनाकार प्रदिप कुमार राई ‘ब्याकुल माइला’ले लोक संस्कृति संरक्षण र पुस्तान्तरण हुन आवश्यक रहेको बताएका छन् । लक्ष्य एकेडेमी तुलसीपुरले आयोजना गरेको सहिदहरुको सम्झनामा दोस्रो विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वीर गति प्राप्त गरेका सहिदहरुको बलिदानले आज हामी नेपालीले लोकतन्त्रको प्राप्त गरेको समेत बताए । ‘यदि दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले लोकन्तत्र प्राप्तीका लागि नलडेको भए आज हामी स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार हुने थिएन्, ब्याकुल माइलाले सहिदहरुलाई सम्झिदै भने । ’

त्यस्तैलोक नाँच धार्मिक, सांस्कृतिक, निश्चित तिथि, मिति, विधि विधानसंग जोडिएको उनले बताए । उनले नेपालको पर्यटन पर्वद्धनका लागि लोक संस्कृति, लोक नाचलाई जर्गना गर्नु आजको मुख्य दायित्व भएको बताए । पछिल्लो समय मुलुकमा पश्चिमा संस्कृतिको नक्कल गर्नाले हाम्रो लोक संस्कृति विलय हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस्तै उनले विश्वले नेपालमा आएर लोक संस्कृति र संस्कारको अध्ययन गरेर विभिन्न आविष्कारहरु गरेको छ तर नेपालले भने आफ्नो लोक संस्कृतिलाई भन्दा पनि पश्चिमा संस्कृतिलाई बढावा दिएको बताए ।

त्यस्तै पछिल्लो पुस्ताले राजनीतिप्रति कुनै चाँसो नदेखाएको बताए । देश परिवर्तन गर्न अग्रजहरुको मात्र नभई हामी सबैको दायित्व भएको जिकिर गरे ।

त्यस्तै यस विद्यालयले अन्य विद्यालय भन्दा फरक योजनाका साथ कार्यक्रम गरेको बताउदै उनले यस विद्यालयले बालबालिकालाई लोकतन्त्र, गणतन्त्रको पृष्ठभूमिकाको बारेमा जानकारी र लोक कला संस्कृतिको बारेमा जान्ने अवसर प्रदान गरेकोमा धन्यावाद समेत दिएका छन् । साथै उनले राष्ट्रिय विषयवस्तु जान्न पाउनु पर्दछ भन्ने उद्देश्य राख्नु महत्वपूर्ण भूमिका रहेको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्