गत २४ घण्टामा एक सय ४४ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Monday, May 11Nepali News Portal

गत २४ घण्टामा एक सय ४४ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका संवाददाता
असार २९,काठमाडौं

आज नेपालमा कोरोना भाइरसका एक सय ४४ जनामा नयाँ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार आठ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण गर्दा एक सय ४४ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार नौ सय ४५ पुगेको छ । कोरोना सङ्क्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार दुइ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार सात सय पाँच जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिनुभयो । सक्रिय सङ्क्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ । यसैविच काठमाडौं उपत्यकामामा मात्र पछिल्लो २४ घण्टामा नौ जना कोरोना सङ्क्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा तीन जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्