कनिका संवाददाता
असार २९,दाङ
दक्षिण अफ्रिकामा मदिरा बिक्रि वितरणमा रोक लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिनबाट रोक्छ भन्दै मदिराको माग बढ्न थालेपछि दक्षिण कफ्रिकी सरकारले मदिराको बिक्रि वितरणमा रोक लगाएको हो । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले स्वास्थ्य व्यवस्थामा पर्ने नकारात्मक प्रभावका कारण एकै वर्षमा दोस्रो पटक मदिरा बिक्रि वितरणमा रोक लगाइएको बताउनुभयो । उहाँले आजदेखि रातभर कर्फ्यू लगाउने र घरबाट बाहिर निस्कने समय अनिवार्य मास्कको प्रयोग गर्ने नियम पनि लागू गरिएको उल्लेख गर्नुभयो । दक्षिण अफ्रिकामा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि त्यहाँ यो नियम लागू गरिएको बीबीसीले लेखेको छ । दक्षिण अफ्रिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ७६ हजारभन्दा बढी मानिसहरु सङ्क्रमित भइसकेका छन् भने ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सरकारका अनुसार वर्षको अन्त्यसम्म दक्षिण अफ्रिकामा ५० हजारभन्दा बढीको मृत्यु हुन सक्नेछ ।