धादिङबेसीका संस्थागत विद्यालयहरुमा साउन १५ बाट पठनपाठन सुरु हुने – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

धादिङबेसीका संस्थागत विद्यालयहरुमा साउन १५ बाट पठनपाठन सुरु हुने

    मा प्रकाशित

कनिका संवाददाता
असार २९, धादिङ
धादिङबेसी बजार क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरुले यही साउन १५ गतेबाट विद्यालयको पठन, पाठन सुरु गर्ने निर्णय गरेका छन् । आज धादिङबेसीमा रहेका संस्थागत विद्यालयहरुका सञ्चालकहरुको भेलाले यस्तो निर्णय गरेको हो । भेलाले विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गर्दै अभिभावकहरुलाई समन्वय गरी सम्पूर्ण सुरक्षा व्यवस्था अपनाएर तहगत रुपमा साउन १५ गतेबाट पठन, पाठन सुचारु गर्न पहल गर्ने निर्णय गरेको हो । यस्तै भेलाले हाल सञ्चालन भइरहेका अनलाइन कक्षाहरुलाई थप व्यवस्थित बनाउदै परिस्कृत तथा विस्तार गर्ने निर्णय पनि गरेको छ । कोरोना भाइरस कोभिड १९ लाई रोकथाम र नियन्त्रण गर्न २०७६ साल चैत्र ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेपछि देशभरका संस्थागत तथा सामुदायिक विद्यालयहरु बन्द रहेका कारण लाखौ विद्यार्थीहरुको पठनपाठन अबरुद्ध भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्