सिसहनियाँ महदेवा जोड्ने राप्ती पुलमुनि शव फेला – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

सिसहनियाँ महदेवा जोड्ने राप्ती पुलमुनि शव फेला

    मा प्रकाशित

ओमप्रकाश गुप्त
सिसहनियाँ २९ असार ।
दाङ देउखुरीको सिसहनियाँ ( महदेवा जोड्ने राप्ती पुलमुनी आइतबार शव फेला परेको छ । प्युठान जिल्ला मल्लरानी गाउँपालिका ५ बेलडाँडा निवासी गनबहादुर थापाका छोरा वर्ष २७ का दिपक थापा रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । असार २७ गते माडी र झिमरूक नदीको बिचमा रहेको राप्ती खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।
खोलाले बगाएर बेपत्ता भएका थापाको शव असार २८ गते आइतवार गढवा गाउँपालिका २ महदेवा स्थित राप्ती पुलमुनी पानीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि आइतवारनै बिजुवार अस्पताल प्युठान पठाइएको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्