१२० वटा बाख्रा पाठा वितरण – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

१२० वटा बाख्रा पाठा वितरण

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
असार २९, दाङ ।
राप्ती गाउँपालिकामा पशु सेवा शाखा तथा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत १२० वटा बाख्रा पाठा वितरण गरिएको छ ।
जमुना पारी क्रस तथा ८ वटा बोयर जातका पाठासहित कुल १२० पाठा निशुल्क रुपमा वितरण गरिएको हो ।
विपन्न परिवारका सदस्यहरुको ८ वटा समुह निर्माण गरी समुह मार्फत वडा नं १, २, ३ र ४ मा आय आर्जन बृद्धिका लागि बाख्रा पाठा वितरण गरिएको पशु सेवा प्राविधिक शेर बहादुर हमाल रिजालले जानकारी दिए ।
गाउँपालिकाको तर्फवाट १२० बाख्राको विमा समेत गरिएको बाख्रा वितरणमा शाखा प्रमुख राज विक्रम चौधरी, पशु सेवा प्राविधिक शेर बहादुर हमाल रिजाल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका राप्ती संयोजक टिका बस्नेत, पशु स्वास्थ्य प्राविधिक कमल पुल मगर, नायव पशु स्वास्थ्य प्राविधिक हिमा बस्नेत, कर्मचारी नारायण चौधरी लगायतको सहभागिता रहेको थियो ।
आगामी दिनमा पशु सेवा शाखाको तर्फवाट वितरित बाख्रालाई भिटामिन तथा औषधि वितरण गर्ने योजना रहेको समेत पशु सेवा प्राविधिक शेर बहादुर हमाल रिजालले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्