कोरोनाको अवस्था अझ भयावह हुन सक्ने डब्लुएचओको चेतावनी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोनाको अवस्था अझ भयावह हुन सक्ने डब्लुएचओको चेतावनी

    मा प्रकाशित

कनिका खबर
असार ३०, दाङ ।
डब्लुएचहोले कोरोनाको अवस्था अझ भयावह हुन सक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी ठानिएका उपायहरू अबलम्बनमा समान रणनीति नपनाउँदा अवस्था भयावह हुने खतरा बढेको ठहर डब्ल्युएचओले गरेको हो ।

स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको पत्रकार सम्मेलनमा डब्ल्युएओका महानिर्देशक डा. टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए ।

नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनले भनाइ छ ।

‘कोरोना भाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु हो । तर धेरै देश तथा नेता एवम् व्यक्तिहरुका कार्य त्यससँग मेल खाने खालका छैनन्,’ उनले भने ।

भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए ।

‘अझै पनि विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना देखिदैन,’ उनले चेतावनी दिँदै भनेका छन्, ‘यदी आधारभूत नियमहरु मानिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुनेछ ।’
संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्