आजदेखि वर्षा केही कम हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आजदेखि वर्षा केही कम हुने

    मा प्रकाशित

कनिका खबर
असार ३०, दाङ ।
आजदेखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । यसअघि नेपाल नजिक रहेको मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो र अस्तिको तुलनामा वर्षाको मात्रा केही घट्ने अनुमान मौसमविद्ले गरेका हुन् ।
न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले केही दिनयता देशभर वर्षा धेरै भएको थियो । यो रेखा जति नजिक भयो, उति वर्षाको मात्रा बढ्ने मौसमविद् बताउँछन् । तर अहिले नेपालबाट यो रेखा केही तल सरे पनि यो तलमाथि गरिरहने भएकाले पुन माथि अर्थात् नेपाल नजिक आउने सम्भावना पनि रहने मौसमविद् बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
दिउँसो पनि देशका केही स्थानमा यस्तै किसिमको वर्षा हुने तथा राति प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । यसअघिको वर्षाको पानीले जमिन भिजिसकेको हुनाले सामान्य वर्षाले पनि पहिरो जाने तथा बाढी आउने सम्भावना रहेने हुँदा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्