प्रतिष्ठानमा फुटेको पित्तथैलीको दुरविन विधिबाट अप्रेसन – Kanika Khabar
Thursday, February 13Nepali News Portal

प्रतिष्ठानमा फुटेको पित्तथैलीको दुरविन विधिबाट अप्रेसन

    मा प्रकाशित

दाङ, २० फागुन ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाकाे फुटेको पित्तथैलीको जटिल अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ ।
जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुर निवासी ५१ वर्षिय महिलाको फुटेको पित्तथैलीको दुरविन विधिवाट सफल अप्रेसन भएको हो ।

पाँच दिनदेखि पित्तथैलिमा सङ्क्रमण भएर अस्पतालमा उपचारारत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए । प्रतिष्ठानका सर्जन डा. अभिषेक पौडेल नेतृत्वमा सर्जन डा. आनन्द न्यौपानेसहित एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराई, नर्स र स्वास्थ्यकर्मीहरुको टोलीले फुटेको पित्तथैलीको अप्रेसन गरेको गरिएकाे छ ।

उपचारको क्रममा पित्तथैली फुटेको पत्ता लागेपछि अप्रेसन गरेर जोगिएको अप्रेसनमा संलग्न सर्जन चिकित्सक डा. अभिषेक पौडेलले बताए । उनले पित्तथैली फुटेकै कारण विरामीको ज्यान जान सक्ने अवस्था भएकाले समयमै अप्रेसनपछि विरामीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्