तनहुँमा पहिरोका कारण १० जनाको मृत्यु, दुईजना वेपत्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

तनहुँमा पहिरोका कारण १० जनाको मृत्यु, दुईजना वेपत्ता

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, पर्वत
तनहुँका दुई गाउँपालिका र एक नगरपालिकामा हिजो पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । ऋषिङ गाउँपालिकामा एकै परिवारका ५ जना, व्यास नगरपालिकामा ४ जना र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । पहिरोमा वेपत्ता भएका व्यास नगरपालिकाका दुईजनाको अवस्था पत्ता लाग्न सकेको छैन । ऋषिङ गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेलका अनुसार अनबहादुर थापाको घर पुरिँदा उहाँका छोरा ३० वर्षका भेषबहादुर थापाको शव हिजो बिहानै भेटिए पनि हराईरहेका अनबहादुरकी बुहारी ३० वर्षकी नानुमाया थापा, ५ वर्षकी नातीनी अमिसा थापा, २२ वर्षका छोरा महादेव थापा र १९ वर्षकी बुहारी मनिसरा थापाको हिजो साँझ शव फेला परेको हो । १७ वर्षकी ज्योतीमाया थापा पहिरोमा परेर घाईते भएकोमा उहाँलाई भीमाद अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित गण्डकी अस्पतालमा थप उपचार भइरहेको छ । व्यास नगरपालिका ९ माझफाँटमा केशवबहादुर थापाको घर पहिरोले पुर्दा तीनजनाको मृत्यु भएको छ भने एक वेपत्ता छन् । केशवकी श्रीमती ३५ वर्षीया कमला थापा, छोरा २४ वर्षका मनोज थापा र २१ वर्षकी अञ्जना थापाको ज्यान गएको हो । सोही परिवारका २० वर्षका राजेश थापा बेपत्ता छन् । सोही ठाउँका मानबहादुर घर्तीको घर भत्किँदा उहाँकी आमा ७० वर्षीया मैतीमाया घर्तीको पनि मृत्यु भएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर– ६ बेलौतीडाँडामा १७ वर्षका लक्ष्मीकुमारी विकको पनि पहिरोले पुरिएर मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । व्यास नगरपालिका ९ का ५० वर्षिय पदमवहादुर भुजेल अझै बेपत्ता हुनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्