राखेपका ३३ कर्मचारी तथा प्रशिक्षकद्धारा राजीनामा – Kanika Khabar
Thursday, November 30Nepali News Portal

राखेपका ३३ कर्मचारी तथा प्रशिक्षकद्धारा राजीनामा

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् । खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै ३३ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय संघबाट राजीनामा दिएका हुन् । नयाँ ऐनले परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । नयाँ ऐन गत बिहिबारबाट कार्यान्वयनमा आएसगै राष्ट्रिय संघका आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिएका हुन् । परिषद्का कर्मचारी तथा प्रशिक्षक राष्ट्रिय संघमा आबद्ध हुँदा स्वार्थ बाझिने र त्यसको असर खेलकुद गतिविधि तथा संघहरुमा देखिएको भन्दै खेलकुद ऐनले नयाँ व्यवस्था गरेको हो । ऐनमा परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षक खेल संघको कुनै पदमा रहेको प्रमाणित भएमा सम्बन्धित संघले वैधता प्राप्त गर्न नसक्ने र त्यस्ता सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही गरिने व्यवस्था गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्