लकडाउनका तीन महिनामा १ हजार १ सयभन्दा बढी पीडितः इन्सेक – Kanika Khabar
Friday, April 19Nepali News Portal

लकडाउनका तीन महिनामा १ हजार १ सयभन्दा बढी पीडितः इन्सेक

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, काठमाडौं
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लकडाउनका तीन महिनामा १ हजार १ सय १९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको अभिलेख सार्वजनिक गरेको छ । प्रतिवेदनमा समेटिएका तथ्यहरू २०७६ चैत ११ गतेदेखि असार १० गतेसम्मका रहेको इन्सेकले जनाएको छ । यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८ सय ४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार १ सय १९ जना पीडित भएको घटना अभिलेखमा उल्लेखछ । घटनामध्ये महिलामाथि भएका ज्यादती ४ सय ७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २ सय ८४ जना पीडित भए । यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, १ सय १२ जना घाइते भएको, १ सय २ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएकाछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्