भोलिदेखि फेरि विदेशमा रहेका यात्रुको उद्धार गरिने, ४० उडान हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भोलिदेखि फेरि विदेशमा रहेका यात्रुको उद्धार गरिने, ४० उडान हुने

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, काठमाडौं
भोलिदेखि साउन ६ गतेसम्म ४० भन्दा बढी उद्धार उडान हुने भएको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले खाडी मुलुकबाट ४० भन्दा बढी उडानमार्फत नेपाली ल्याउन तालिका सार्वजनिक गरेको जानकारी दिनुभयो । सीसीएमसीले उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा सार्वजनिक गरेको तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ । सीसीएमसीले नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६, एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान गर्ने अनुमति दिएको छ । भाइरस संक्रमण फैलिनसक्ने भन्दै सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय र घरेलु उडान रोके पनि उद्धार उडान भने गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्