बेलायतमा पसल जानु अघि अनिवार्य रुपमा अनुहार छोप्नुपर्ने – Kanika Khabar
Thursday, June 11Nepali News Portal

बेलायतमा पसल जानु अघि अनिवार्य रुपमा अनुहार छोप्नुपर्ने

    मा प्रकाशित

एजेन्सी
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नागरिकलाई पसल जानु अगाडी अनुहार छोप्नु पर्ने उल्लेख गर्दै जुलाई २४ सम्म यसलाई अनिवार्य गर्ने बताएका छन् ।

बेलायतमा जुन १ देखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको थियो । अनुहार छोप्नुले वरिपरीका ब्यक्तीहरुलाई महामारीबाट बच्न मद्दत गने प्रमाण रहेको डाउनिंग स्ट्रिटका प्रवक्ताले बताए ।

यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्यमा रेस्टुरेन्ट, बार र थिएटर पुन बन्द गरिएको छ । अमेरिकामा कोरोना संक्रमण संख्यामा अत्यधिक बृद्धी जारी रहेकोले उक्त कदम चालिएको हो ।

अमेरिकाको सबैभन्दा धेरै आवादी भएको यस राज्यमा अहिलेसम्म करिब ८ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ३४ लाख ४१ हजार संक्रमित भइसकेका छन् भने १ लाख ३७ हजार ९ सय ४७ को मृत्यु भइसकेको छ ।

यसैबीच अमेरिकामा कोरोना खोपको उत्पादन यसै बर्ष अगस्टको सुरुवाटसम्ममा शुरु गर्न सकिने सीएनएनले जनाएको छ । अमेरिकी प्रशासनले मे मा स्वास्थ्य तथा रक्षा विभागसँग मिलेर खोपको उत्पादनका लागि काम थालेको थियो । यसको उद्देश्य सन् २०२१ जनवरी सम्ममा ३० करोड डोज तयार गर्नु हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्