दाङमा थप ५ जनामा कोरोना पुष्टि, तेस्रो मुलुकबाट आएकामा पहिलो पटक देखियो कोरोना – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङमा थप ५ जनामा कोरोना पुष्टि, तेस्रो मुलुकबाट आएकामा पहिलो पटक देखियो कोरोना

    मा प्रकाशित

देवी भण्डारी

दाङ,३० असार ।
दाङमा पहिलो पटक तेश्रो मुलुकबाट आएका पाँच जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु पाँचै जना बबई गाउँपालिका निवासी हुन ।

बाँकेको भेरी अस्पतालमा मंगलवार गरिएको पिसिआर परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित बबई गाउँपालिका वडा नं ६ का ४३ र ३८ बर्षीय, वडा नं २ का २४, वडा न ३ का २८ र वडा न ४ का ४२ बर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले जानकारी दिएका छन् । संक्रमित मध्य वडा नं। ६ का ४३ बर्षीय पुरुष दुवई र अन्य चार जना कुवेतबाट आएका हुन ।

‘करिव १३/१४ दिन पहिले कुवेत र दुवईबाट आएर उनीहरु क्वारेन्टाइनमा बसेका थिए’–गाउँपालिका अध्यक्ष पौडेलले भने–‘आज पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको हो ।’ कोरोना संक्रमण देखिएका पाँचै जनालाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको बबई गाउँपालिकाका अध्यक्ष पौडेलले वताए ।

उनका अनुसार पदमपुर क्वारेन्टाइनमा तेश्रो मुलकबाट आएका ५५ जना छन । उनीहरु पनि त्यही क्वारेन्टाइनमा बस्दै आएका थिए । दाङमा पहिलो पटक तेश्रो मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ३१ जना पुगेको छ । दाङमा कोरोनालाई जितेर चार सय ७९ जना घर फर्किएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्