मेलम्चीको सुरुङ्मा हराइरहेकाहरुको खोजीमा स्थानीय सरकारको तत्परता – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

मेलम्चीको सुरुङ्मा हराइरहेकाहरुको खोजीमा स्थानीय सरकारको तत्परता

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, सिन्धुपाल्चोक

मेलम्ची खानेपानि आयोजनाले यहि असार २१ गते पानी परिक्षण गर्दा स्थानीय सरकार तथा सरोकारवाला निकायलाइ थाहा नदिएको भन्दै जनप्रतिनिधिहरु आयोजनाको कामप्रति रुष्ट बनेका थिए । पत्रकार सम्मेलन मार्फत उनिहरुले मन्त्रालयको कामप्रति विरोध समेत जनाए । राष्ट्रिय गौरबको आयोना मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुनै लाग्दा आयोजना सँग सहकार्य गर्दै खुशि साटासाट गर्ने योजनामा धक्का लागेको स्थानीय सरकारका जनप्रतिनिधिले गूनासो गरेका थिए । तर आज दिउँसो मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा अस्थायी बाँध फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत २ जना बेपत्ता भएपछि स्थानीय सरकारको खोजी गरि सहकार्यको आग्रह गरिएको छ । अफ्ठेरोमा सहयोग गर्नु आफ्नो कर्तव्य भएपनि स्थानीय सरकारका जनप्रतिनिधिले सजिलोमा नसम्झिएको र अफ्ठेरोमा मात्रै आफूहरुलाइ संझिएको गूनासो गरेका छन् । मेलम्ची नगरपालिकाको विपदमा प्रयोग गर्न राखिएको सामाग्रि लिएर अहिले नेपाली सेना उद्धारमा खटिरहेको छ । नगरपालिकाका उपप्रमुख भगवति नेपालले उद्धारमा थप सहयोग होस् भनेर आफ्नो पालिकामा भएको सामग्रि नेपाली सेनालाइ दिएको बताउनुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पा पनि घटना स्थल पुगेर अनुगमन गरि तत्काल उद्धार कार्यमा खटिन आग्रह गर्नुभएको छ । पानी परिक्षण गर्दा जानकारी नआएपनि र आफुहरु सहभागि हुन नपाएपनि विपद्को बेलामा सहयोग गर्न पाउँदा खुसी लागेको जनप्रतिनिधिको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्