अझै पुगेन म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा राहत – Kanika Khabar
Friday, December 1Nepali News Portal

अझै पुगेन म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा राहत

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, म्याग्दी
म्याग्दीमा गत बिहिबार राती आएको बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत अझै पुगेको छैन । खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको पाँचौ दिन सम्म पनि पु¥याउन नसकिएको हो । दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित छन् । सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसलास मेतका खाद्यान्न सकिएको स्थानीयले बताएका छन् । हेलिकप्टरमा तीन क्विन्टल चामल सहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव नभएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको उहाँले बताउनुभयो । सरकारले खासै पहल नगरे पनि स्थानीय व्यवसायीले हेलिकप्टर उपलब्ध गराएकाले मात्र यसअघि राहत पु¥याउन सकिएको हो । पहिरोले क्षति पु¥याएका धौलागिरिको मराङ, कल्लेनी, राम्चे, रिखा तथा मालिकाको बिम, दुले र नुरवाङमध्ये कल्लेनी र बिममा बाहेक अन्यत्र हिँडेर पुग्न सकिने अवस्था छैन । शुक्रबार बिहान ४ बजेतिर खसेको पहिरोले धौलागिरि–६ मराङ, वडा–७ ताकमको कल्लेनी र मालिका–७ बिमका ५० घर पूर्णरूपमा पुरिएका थिए । पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका १ सय ५० भन्दा बढी परिवारका कम्तीमा ७ सय ५० जनालाई सुरक्षित स्थलमा सारिएको छ ।पहिरोले धौलागिरिमा २१ र मालिकामा ८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । तिन जना अझै बेपत्ता छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्