मुख्यमन्त्री सहितको टोली शिलिचोङ पहिरो निरिक्षणमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

मुख्यमन्त्री सहितको टोली शिलिचोङ पहिरो निरिक्षणमा

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, सङ्खुवासभा
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सहितको टोलिले संखुवासभाको शिलिचोङ १ बेसिन्दामा गएको पहिरोका निरिक्षण भ्रमण गरेका छन् । मुख्यमन्त्री संगै सङ्घीय साँसद राजेन्द्र गौतम, पुर्वराज्यमन्त्री तारामान गुरुङ्ग संलग्न भ्रमण टोलीले हेलिकप्टरबाट पटक, पटक राहत सामग्री चित्रे पुर्याउने प्रयास गरिएपनि खराव मौसमका कारण हेलिकप्टर अवतरण गर्न सकिएको छैन । चित्रे गाउँमा हेलिकप्टर अवतरण गर्न नसकिएपछि राहत सहितको हेलिकप्टर घट्ना स्थलबाट १ दिनको पैदल दुरीमा रहेको बुधबारे बजारमा राहत सामग्री झारिएको छ । भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण चित्रे गाउँमा हेलिकप्टर मार्फत राहत सामग्री पुर्याउन नसकिएपछि पिडीतको अवस्था दयनिय बनेको भन्दै सामग्री ढुवानी गरि चित्रेगाउँ पुर्याउन सहयोग गर्न गाउँपालिकाले स्थानीय जनता समक्ष अनुरोध गरेको छ । शिलिचोङ् १ बेसिन्दामा असार २७ गते गएको पहिरोमा परि ११ जना हराईरहेका छन् भने उद्धार गर्ने क्रममा १ जनाको ज्यान समेत गैसकेको छ । उद्धारका लागि जिल्लाबाट ठुलो संख्यामा शुरक्षाकर्मी परिचालित गरिएपनि पहिरो झर्ने क्रम नरोकिएपछि खोजतलासको काममा समस्या भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो । बेसिन्दा गाउँ पहिरोको जोखिममा परेपछि त्यहाँका ७८ घरधुरीका करिव ३ सय ८० जनालाई केहि परको चित्रे गाउँमा सारिएको छ ।

स्थानीय बिद्यालय र चित्रेका स्थानीयको घरमा उनिहरुले आश्रय लिईरहेको शिलिचोङ् गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए । उनले ठुलो संख्यामा रहेकालाई उद्धार गरि ब्यवस्थापन गर्नपर्ने भएकाले खाद्यान्न लगायत बसोबासको ब्यवस्था मिलाउन कठिनाई भएको जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्