काङ्ग्रेसले माग्याे गृहमन्त्रीकाे राजीनामा – Kanika Khabar
Sunday, April 28Nepali News Portal

काङ्ग्रेसले माग्याे गृहमन्त्रीकाे राजीनामा

    मा प्रकाशित

काठमाडौं, २ चैत ।

नेपाली काङ्ग्रेसले नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेकाे छ ।

आज शुक्रबारकाे प्रतिनिधिसभाकाे बैठकमा काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा मागेको हाे ।

सांसद प्रदिप पौडेलले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै त्यस्तो व्यक्ति अनुसन्धान गर्ने निकायमा बसेर कसरी अनुसन्धान हुन्छ भन्दै राजीनामा दिन अनुराेध गरेका हुन्।

‘ ३१ हजार सहकारीका बचतकर्ता पीडित छन् । अनुसन्धानको घेराभित्र रहको व्यक्ति अनुसन्धानको मुख्य व्यक्ति हुँदा सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ?’ सांसद पाैडेलले थपे, ‘म गृहमन्त्रीलाई भन्न चाहन्छु–उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोधसमेत गरेका थिए।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्