प्रधानमन्त्री रोजगार कार्यक्रममा नागरिकको चासो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

प्रधानमन्त्री रोजगार कार्यक्रममा नागरिकको चासो

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, गूल्मि
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अहिले देशका विभिन्न स्थानमा युवाहरुले काम पाएका छन् । गुल्मीका विभिन्न गाउँमा बेरोजगार बनेका युवा राज्यले स्थानीय स्तरमै नियमित रुपमा काम दिनुपर्ने बताउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत इस्मा गाउँपालिकाका टीका अधिकारी जस्तै भीम बहादुर विष्ट र विसाल विष्ट पनि गाउँपालिकाले निर्माण गर्न थालेको हेलिप्याड बनाउने काममा व्यस्त हुनुहुन्छ । गाउँमा गरिने मेलापातभन्दा राज्यले दिने काममा ज्याला धेरै हुने भएकोले सथानीयहरु प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ आकर्षित छन् । जिल्लाका १२ वटै स्थानीय तहमा फरक–फरक सङ्ख्यामा १० दिनदेखि एक महिनासम्मको लागि रोजगारी दिइएको छ । अहिले कोरोना भाइरसका कारण घर फर्किएका थुप्रै नागरिक बेरोजगार छन् ।

उनिहरु गाउँमै पाए काम गर्ने मनसायमा छन् । जिल्लाका केहि स्थानीय तहले नागरिकलाई रोजगारउन्मुख बनाउन विभिन्न कृषि प्याकेज सार्वजनिक गरेपनि त्यो पर्याप्त छैन । सबै स्थानीय तहसँग समन्वय गरी बेरोजगार र कोरोना भाइरसबाट गाउँ फर्किएका नागरिकलाई कसरी रोजगार दिने ? जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुली प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ व्यवस्थित बनाइ सबैलाइ रोजगारीको पहुँचमा ल्याउने बताउनुहुन्छ । जिल्लाका स्थानीय तहमा भएका बेरोजगार नागरिकको तथ्याङ्क कुनै निकायसँग छैन । सोही कारण कुन काममार्फत कुन तहका नागरिकलाई कसरि रोजगारी दिने भन्ने योजना बन्न सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्