जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख घुस लिँदालिदै पक्राउ – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख घुस लिँदालिदै पक्राउ

    मा प्रकाशित

कनिका खबर
असार ३०, खोटाङ,
खोटाङ दिक्तेलका जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । श्रेष्ठको साथबाट श्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ । हाल जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय आसपासमा सिल गरेर प्रवेशमा रोक लगाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्