धादिङ अस्पतालमा गर्भवतीको शल्यक्रिया सुरु – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

धादिङ अस्पतालमा गर्भवतीको शल्यक्रिया सुरु

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, धादिङ
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण देशभरका जनजीवन कष्टपूर्ण बनिरहेको समयमा धादिङ अस्पतालले जोखिम मोलेर ४ जना सुत्केरीको शल्यक्रिया गर्न सफल भएको छ ।

प्रशव पीडामा सुत्केरी गराउन आएकी धादिङ ज्वालामुखी गाउँपालिका ६ की २८ बर्षीय महिला, ज्वालामुखी १ की २० बर्षीय महिला, नीलकण्ठ नगरपालिका ८ की २२ बर्षीय महिला र आरुघाट २ गोरखाकी ३१ बर्षीय महिला गरी ४ जना गर्भवती महिलाको सफल सल्यक्र्रिया गरेको धादिङ अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनु भयो । सुत्केरी महिलाहरुको जटिल अबस्था आएपछि आमा र बच्चाको ज्यान जोखिम मोलेर शल्यक्र्रिया गरिएको थियो । हाल सुत्केरी महिला र शिशुको अवस्था सामान्य रहेको विकले बताउनुभयो ।

डा. रन्जन सिंह राठोरको नेतृत्व र डा. रामचन्द्र रिजाल, लेख बहादुर श्रेष्ठ ,मनकुमारी श्रेष्ठ, श्याम गोम्जा, मेरी तामाङ, लगाएतको सहभागितामा शल्यक्रिया गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्