विश्वभर १ करोड ३२ लाख ४२ हजार भन्दा धेरै मानिसहरु सङ्क्रमित – Kanika Khabar
Thursday, December 12Nepali News Portal

विश्वभर १ करोड ३२ लाख ४२ हजार भन्दा धेरै मानिसहरु सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार ३०, दाङ ।
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर १ करोड ३२ लाख ४२ हजार भन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् । विश्वभरि नै कोरोना सङ्क्रमणका कारण ५ लाख ७५ हजार ६ सय ६३ मानिसको मृत्यु भएको छ । यसैगरी हालसम्म विश्वभर सङ्क्रमित भएकामध्ये ७७ लाख ९ हजार मानिसहरु भने उपचारपछि स्वस्थ भएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ३४ लाख ७९ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने विश्वभर मृत्यु भएकामध्ये अमेरिकामा मात्रै १ लाख ३८ हजार २ सय ४७ जनाको मृत्यु भएको छ । विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा भने १८ लाख ८७ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् भने हालसम्म ७२ हजार ९ सय २१ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्