खेल पर्खदै बसेकाे दाङकाे एउटा खेलमैदान – Kanika Khabar
Sunday, April 28Nepali News Portal

खेल पर्खदै बसेकाे दाङकाे एउटा खेलमैदान

    मा प्रकाशित

टेकबहादुर पुन
दाङ, १६ चैत ।

कुनैबेला मेला महोत्सब लाग्ने थलोका रुपमा चिनिने देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुविधायुक्त बनेको छ ।

लमहीमा रहेको यो मैदान लामो समय गौचरन बन्दै आयो । लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट मैदानको निर्माण कार्य थालनी गरेको थियो । निर्माण कार्य सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौचरन मात्रै होईन, मोटर ड्राइभिङ सेन्टर समेत बन्यो । यो खेल मैदानलाई गाडी सिकाउनका लागि उपयुक्त थलो बनाइयो । यावत कारणले मैदान कुरुप जस्तै देखिन थाल्यो । तब नगरबिकाश समितीको ध्यान मैदानको संरक्षण सँगै सँरचना निर्माण तर्फ तेर्सयो । समितीले बर्सेनि बजेट बिनियोजन गर्दै संरचना बनाउदै आयो ।

हालसम्म समितिले १० करोड बढी लागत खर्च गरेर बनाएको सुबिधायुक्त मैदान सुन्दर देखिन्छ । यसरी कुनैबेला ड्राईभिङ्ग, मेला महोत्सब र गौचरणका लागउ प्रयोगमा आउने उक्त मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदानको रुपमा विकसित बन्न पुग्यो ।

८० मिटर रेडिएसमा बनेको मैदानमा दुईवटा पिच, खेल हेर्नलाई सुविधा सम्पन्न प्याराफिट बनिसकेका छन । अहिले चार करोडको लगानीमा खेलाडी र अतिथिहरुको लागि भिआईपी प्याराफिट निर्माण कार्यपनि अन्तिम चरणमा छ । कमेन्ट्री बक्स भवन र डिजिटल स्कोरिङ बोर्ड समेत बनाइ सकिएको छ । इन्डोर, आउटडोर अभ्यास गर्ने भवनहरु पनि छन ।
जुसले गर्दा खेलाडी उत्पादनसँगै समग्र जिल्लाको पहिचान समेत बनाउँदै आएको छ । राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न भईसकेको यस मैदानमा पछिल्ला समय त्यस्ता प्रतियोगिताहरु हुन सकिरहेका छैनन् ।

२०७७ पुसमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता र २०७६ साल बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भने सञ्चालन गरिएको थियो । त्यसयता यो मैदानमा राष्ट्रियस्तरका एउटा पनि प्रतियोगिता हुन सकेको छैन । त्यसोत हालसालै प्रधानमन्त्री कप पुरुष प्रतियोगिताका लागी लुम्बिनी प्रदेशका केही जिल्लाहरुको छनौट खेलहरु खेलाईएको थियो । बर्सेनि मेयरकप र क्लब तथा बिद्यालयहरुले आयोजना गर्ने टुर्नामेन्ट बाहेक यस मैदानको उपलब्धी शून्य देखिन्छ । यो मैदान राष्ट्रिय स्तरका खेलको पर्खाईमा रहेको छ ।

अन्तर्राष्ट्रिय मैदान निर्माणसँगै आर्थिक तथा ब्यबसायिक पक्ष सबल बन्ने बिस्वास यस क्षेत्रले गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु सञ्चालन हुनसके यसक्षेत्र आर्थिकको पाटोमा बलियो बन्ने यहाँका ब्यबसायीहरुको बुझाई छ । तर त्यसो हुन सकिरहेको छैन ।
राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न नेपाल क्रिकेट संघ (क्यान) को ध्यान जान जरुरी छ । तर क्यानले प्रतियोगिता सञ्चालनका लागि मैदान सहित संरचनाहरु आफुलाई हस्तान्त्रण हुनुपर्ने बताउँछ । २०७० सालमा क्यानले नगरबिकाश समितिलाई निबेदन गर्दै मैदान हस्तान्त्रण गर्नुहुन भन्दै अनुरोध गरेको थियो । सो समयमा संरचना निर्माणको क्रम तीब्र भएकाले निवेदनले सार्थकता पाउन सकेन ।

निर्माण भईसकेर क्यान र समितिबिच २०७९ सालमा के गर्ने भन्ने बिषयमा पनि मौखिक छलफल चलेको थियो । ५ वर्षका लागि मैदान जिम्मा दिनुहुन भन्दै क्यानले आफ्ना बुँदागत सहमति समेत पठाएको थियो । तर ती सहमतीले स्थान नपाउँदा क्यानलाई दिने नदिने भन्ने बिषय अन्यौलमा परेको छ । क्यानले मैदान आफुलाई हस्तान्त्रण गरिनुपर्ने धारणा राख्छ । नत्रभने खेलहरु हुन नसक्ने स्पष्ट बुझिन्छ । किनकि यस मैदानमा राष्ट्रिय पुरुष प्रतियोगिता आयोजना गर्नका लागि क्यानले आफ्नो क्यालेन्डरमा समेत समाबेस गरेको छ । तरपनि खेल भने खेलाउन सकिरहेको छैन ।

करोडौको लागतमा निर्माण भएको मैदानमा आफ्नोपनि केही स्वामित्व हुनुपर्ने समितीको धारणा छ । क्यानले पठाएको केही सहमतिहरु चित्त नबुझ्दो भएको र त्यसलाई हेरफेर गरिने लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले बताए ।

समितिको बोर्डले सोझै निर्णय गर्नुभन्दा पनि प्रतिबेदन सहित निर्णय गरिनुपर्ने धारणा सहित समितीले उपसमिती समेत गठन गरेको उनले बताए । ‘२/४ ओटा बुँदा छन, हामी त्यसैमा सहमतिको प्रयास खोजिरहेका छौ चौधरीले भने-नदिने भन्ने विषय होईन, करोडौ लगानी गरेको मैदानमा खेल होस भन्ने हाम्रो पनि धारणा हो ।’ मैदानमा राष्ट्रिय स्तरका खेल सञ्चालन र समग्र दाङको बिकाशका लागि आफुहरु चिन्तित रहेको भन्दै चौधरीले क्यानसँग सहमति गरेर केही दिनमै खुसीको समाचार सुनाउन आतुर रहेको बताए ।

समितिका सदस्य सुवास न्यौपानेको संयोजकत्वमा उपसमिती गठन भईसकेको छ । समितिले प्रतिबेदन बुझाउने छ । सोही अनुरुप दुबै पक्ष आधिकारिक रुपमा छलफल गर्दै क्यानलाई जिम्मा दिने तयारी थालिएको समितीका संयोजक सुवास न्यौपानेले बताए । ‘सहमति भएपछि क्यानलाई जिम्मा दिनु ठुला कुरा भएन, पहिले सहमति जुट्नुपर्यो सँयोजक न्यौपानेले भने-खासगरी क्यानका साथीहरुनै पछिल्लो समय सम्पर्कमा हुनुहुन्न ।’

नेपालमा बिरलै पाईने देउखुरी क्रिकेट मैदानमा नियमित खेलहरु भए समग्र दाङको बिकाश हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैँयाले बताए । राष्ट्रिय स्तरका खेलहरु यस मैदानमा खेलाउन बिगतदेखि आफू लागिरिरहेको र लमहीको बिकसित मैदानले सबैको ध्यान तान्नेमा बिश्वस्त रहेको पनि बताए ।

लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले भने केही बुँदाहरुमा सहमति हुन बाँकी रहेको बताए । उनले यस मैदानमा नियमित खेल खेलाउँदै यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जोडतोडले सबै लाग्नुपर्ने बताए । हाल उक्त मैदान देउखुरी क्रिकेट क्लबको अधिनमा छ । साँच्चिकै सबैको सहकार्यमा रातदिन खेलहरु आयोजना गर्नसके समग्र दाङ सँगै लुम्बिनी प्रदेशको शिर उँचो हुने कुरामा दुईमत छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्