लमही – गढवा सडकखण्डको पुल नजिकबाट धमाधम उत्खनन् हुँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लमही – गढवा सडकखण्डको पुल नजिकबाट धमाधम उत्खनन् हुँदै

    मा प्रकाशित

ओमप्रकाश गुप्ता ।
सिसहनियाँ ३० असार ।
दाङको देउखुरीमा नदीजन्य पदार्थ उत्खनन् कार्य अझै रोकिएको छैन् । लमही–गढवा सडक खण्डको पुल नजिक राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन् कार्य जारी राखेका छ्न् । स्काभेटरले उत्खनन् गर्ने र टिप्परले क्रसर उद्योगमा ओसारी राखेको स्थानीयले बताएका छ्न् । राप्तीको उत्खनन् कार्य सेटिङमै अगाडि बढेको स्पष्ट आँकलन गर्न सकिन्छ। कस्को मिलोमतो हो यो उत्खननले त राप्तीमा जोखिम बढाउने भयो भनि नाम नबताउने सर्तमा एक स्थानीय बासीले बताएका छ्न् ।

नदीजन्य पदार्थको उत्खनन गर्दा इजाजत दिने निकायले ८० सेन्टिमिटर भन्दा बढि खन्न नपाउने सर्त तोकेको भए पनि यहाँ ४र५ मिटर पनि खन्ने गरेका छ्न् । जेठ मसान्त पछि नदीनालामा उत्खनन कार्य बन्द गर्ने नियम कागजमा सिमित राखी राप्ती नदीमा धमाधम उत्खनन् कार्य जारी रकेकोले स्थानीय बासी चिन्तित बनेका छन् । देखावटी रुपमा उपभोक्ताले घर प्रयोजनका लागि ल्याइएका ढुंगा गिट्टी बालुवा ओसारेका एक दुईवटा ट्याक्टर नियन्त्रणमा लिने र धमाधम टिप्परमा नदीजन्य पदार्थ ओसार्दा नियमन गर्ने निकाय मुखदर्शक बनेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्