सेवा घरमा विद्यार्थी पुगेपछि …….. – Kanika Khabar
Friday, May 3Nepali News Portal

सेवा घरमा विद्यार्थी पुगेपछि ……..

    मा प्रकाशित

दाङ, १७ चैत ।

पछिल्लो चरणमा सामाजिक कार्यसँगै विद्यार्थीहरू जाेडिने क्रम बाक्लिदै जान थालेकाे छ । चाहे खाजा खर्च कटाएर हाेस् चाहे सामूहिक रूपाा रकम जम्मा गरेर हाेस् सामाजिक कार्यमा विद्यार्थीहरू जाेडिदै आएका छन् ।

यस्तै आज बिहान दाङकाे घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका कक्षा १२ व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरू खाद्य सामग्रीका साथ सेवा घरमा पुगे । `हुनेबाट सहयाेग, नहुनेलाई उपयाेग´ नारासहित मानव कल्याण समाजद्वारा सञ्चालित सेवा घरभित्र प्रवेश गर्दै गर्दा विद्यार्थीहरू भावुक मुद्रामा देखिए । ` जस्ताे साेचेकाे थिए त्याेभन्दा धेरै फरक वातावरण पाएँ । सेवा घरले पहिलाे पटक आउने जाेकाेहीलाई पनि भावुक बनाउँछ सायद ´ कक्षा १२ की छात्रा स्वस्तिका केसीले भनिन् ।

`बृद्धाश्रम तथा विभिन्न मठ मन्दिरमा सहयाेगका लागि पुग्दा यस्ताे वातावरण सायदै पाइएकाे थिएन् । बिरामी, मनाेराेगी तथा सहाराविहीन मानिसलाई आश्रय दिंदै सञ्चालित हुँदै आएकाे सेवा घर साँच्चिकै एउटा पवित्र मन्दिर रहेछ । सायद याेभन्दा पवित्र मन्दिर पाउन कठिन पर्छ हाेला ।´ छात्र श्रीधर रिजालले भावुक मुद्रामा बताए ।

सेवा घरमा पुगेका शिक्षक तथा विद्यार्थीहरूलाई सेवा घर सञ्चालक स्वागतका लागि त्यतिकै हतारिएका देखिन्थे । सेवा घरकाे नियम अनुसार आगन्तुकहरूलाई सेवागत तथा कार्यक्रम प्रपञ्च सेवा घर सञ्चालकले केहीबेरमै तयार गरे । लगत्तै कार्यक्रम सुरू गरिन् सेवा घर सञ्चालन गर्दै आएकी सुस्मिता श्रेष्ठले ।

श्रेष्ठले आगन्तुकलाई स्वागत गर्दै सेवाप्रति समर्पित सेवा प्रार्थना गराइन् । कार्यक्रममै सेवा घरकाे उद्देश्यलाई समेत जाेडिन । केन्द्रीय कार्यालय भक्तपुरमा रहेकाे सेवा घर अहिले देशभर सातवटा सञेचालित रहेका छन् । दाङमा सञ्चालित सेवा घर तेस्राे शाखा रहेकाे श्रेष्ठले जानकारी दिइन् । अहिले दाङकाे सेवा घरमा ३५ जना मानिस बस्दै आएका छन् ।

`मुठी दान सङ्कलन, मन्दिरमा दान दिएकाे चामलबाट सञ्चालन हुँदै आएकाे सेवा घरकाे मुख्य उद्देश्य मानवमुक्त सडक रहेकाे छ । सेवा घरले पारिवारिक पुनर्मिलन गराउने, वेवारिसे बालबालिकाकाे लालनपालन गर्ने कार्य गर्दै आएकाे छ ।´ श्रेष्ठले थपिन, `अहिले देशभरका सेवा घरमा ४५ जना बालबालिका बस्दै आएका छन् । जसमध्ये ४० जनालाई विद्यालयमा पठनपाठन गराउँदै आएका छाैँ ।´

कार्यक्रममा गाेर्खा ग्रुपका अध्यक्ष विष्णु घर्ती मगर, प्रिन्सिपल मानसिंह घर्ती, सञ्चालक सदस्यद्वय बालकृष्ण राेका, एम. बी. केसी तथा विद्यार्थी शुभम बुढाथाेकीले मन्तव्य राखेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्