मिलाप कृषि सहकारीद्वारा देउखुरी आइसोलेसन सेन्टरमा स्वास्थ्य सामाग्री प्रदान – Kanika Khabar
Friday, April 26Nepali News Portal

मिलाप कृषि सहकारीद्वारा देउखुरी आइसोलेसन सेन्टरमा स्वास्थ्य सामाग्री प्रदान

    मा प्रकाशित

ओमप्रकाश गुप्ता 

सिसहनियाँ ३० असार ।

दाङ देउखुरीको राप्ती गाउँपालिका नम्बर ४ माैरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थाले राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपालको अार्थिक सहयोगमा सोमबार दोस्रो चरणमा ८२ हजार ७ सय ६६ रूपैयाँ बराबरको हाइजिट किट, के.ऐन मास्क, मेडिकल ग्लोवस, पिपिइ सेट, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चाैधरीलाई सहकारी संस्थाकी अध्यक्ष रत्न तिवारीले प्रदान गरेकी थिइन् । विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को बढ्दो जोखिमलाई ध्यान दिदै स्वास्थ्य सामाग्री प्रदान गरिएको संस्थाका शान्ति सहजकर्ता दलबहादुर घर्तीले जानकारी दिएका छन् । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख जीवनकुमारी जिसी ,प्रभु यादव तथा कार्यक्रम संयोजक अनु चौधरी , सामुदायिक शान्ति सहजकर्ता दलबहादुर घर्तीमगर  र देवकुमारी चौधरीको उपस्थिति रहेको थियो  ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्