गुरुकुलको प्रि स्कुल दीक्षान्त समारोह – Kanika Khabar
Friday, May 3Nepali News Portal

गुरुकुलको प्रि स्कुल दीक्षान्त समारोह

    मा प्रकाशित

घोराही /घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ । घोराही उप महानगरपालिका वडा नम्बर १५ मा रहेको गुरुकुल ऐकेडेमीको प्रि विद्यालयका विद्यार्थीहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उहाँले यस्तो बताउनुभएको हो ।

बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उहाँले बताउनुभयो। ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उहाँले भन्नुभयो। त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उहाँले आग्रह समेत गर्नुभयो । विद्यार्थीहरुलाई अरुसँग तुलना गर्न नहुने भन्दै उहाँले अभिभावकहरुले विद्यार्थीलाई अरु यस्तो, उस्तो भनेर तुलना गर्न नहुने बताउनुभयो ।

यसले बालवालिकाहरुलाई नकारात्मक सोचको विकास गराउने उहाँको भनाइ रहेको छ । पछिल्लो समयमा शिक्षामा निजी क्षेत्रको लगानी बढदै गएको समेत उहाँले बताउनुभयो । यसले शिक्षाको विकासमा सहयोग पुग्ने समेत उहाँको भनाइ रहेको छ । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले गुरुकुल एकेडेमी स्थापना भएको छोटो समयमा नै राम्रो सफलता हाँसिल गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरुले शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने बताएका थिए ।

विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताउनुभयो । पूर्ण मानव सिर्जना गर्ने मुल ध्येयका साथ सञ्चालनमा आएको गुरुकुल एकेडेमीले विद्यार्थीहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताउनुभएको थियो । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गनुभएको थियो । आज भएको दीक्षान्त कार्यक्रममा प्रि २ का ५३ जना विद्यार्थीहरुलाई दीक्षान्त गरिएको हो भने प्रि १ र २ का विद्यार्थीहरुका हजुरबुवा हजुरआमाहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेको थिए भने विज्ञान प्रदशर्नी पनि प्रस्तुत गरिएको थियो । त्यस लगतै अभिभावकहरुको लागि खेल पनि खेलाइएको थियो ।

कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरी , पद्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेत , शिक्षक विवेक देवकोटा ,अभिभावक तथा प्रि २ का विद्यार्थीहरुले मन्तब्य राख्नुभएको थियो । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिको अध्यक्षता तथा विद्यालयका मन्टेश्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्