वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Kanika Khabar
Friday, May 3Nepali News Portal

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    मा प्रकाशित

दाङ, २२ चैत
दाङ जिल्ला उद्योग वाणिज्य संघकाे आयाेजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ । संघकाे ५४ ओैँ स्थापना दिवसकाे अवसरमा `दाङकाे समृद्धि र विकासका लागि उद्याेग वाणिज्य संघकाे भूमिका ´ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे हाे ।

प्रतियोगितामा उद्याेगी व्यवसायीहरूले भाग लिएका थिए । प्रतियोगितामा नवीन श्रेष्ठ प्रथम, खेमराज भण्डारी द्वितीय, भिमसेन डिसी तृतीय र जीवा भुसाल सान्त्वना भएका थिए ।

कार्यक्रममा संघका पूर्व सचिव सुन्दर गाैतम, निवर्तमान सचिव माया पाेख्रेल र मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलका प्रिन्सिपल चक्रबहादुर रावत निर्णायक रहेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी, पूर्व अध्यक्ष नारायण भुसाल लगायतले मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष बसन्त जाेशीकाे अध्यक्षता तथा पूर्व अध्यक्ष रामदयाल गुप्ताकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठको स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण एसाेसियट सदस्य तथा कार्यक्रमका संयाेजक युवराज पाेख्रेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्