आजदेखि उद्दार उडान हुने – Kanika Khabar
Sunday, December 3Nepali News Portal

आजदेखि उद्दार उडान हुने

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, काठमाडौं

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आजदेखि पुनः उद्दार उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सीसीएमसीले आजदेखि साउन ६ गतेसम्म ४० बढी उडान गर्ने तालिका सार्वजनिक गरेको हो । सँकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले खाडी मुलुकबाट ४० बढी उडानमार्फत् नेपाली ल्याउन तालिका सार्वजनिक गरेको जानकारी दिनुभयो । उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा सीसीएमसीले सार्वजनिक गरेको तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ । सीसीएमसीले नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६, एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान गर्ने अनुमति दिएको छ । भाइरस संक्रमण फैलिनसक्ने भन्दै सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय र घरेलु उडान रोके पनि उद्दार उडान भने गर्दै आएको छ । हिजो र अस्ति भने उद्दार उडान स्थगित भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्