गण्डकी प्रदेशमा थप ६ जना निको भए – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

गण्डकी प्रदेशमा थप ६ जना निको भए

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१,पोखरा
गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार कास्की जिल्लाका ५ जना र स्याङजा का १ जना गरि ६ जना निको भई घर फर्किएका हुन् ।

कास्कीको पोखरा महानगरपालिकाका बर्ष १६, ३६ र ८९ का ३ पुरुष, अन्नपूर्ण गाउँपालिकाका २६ वर्षका १ पुरुष, माछापुच्छे गाउँपालिकाका बर्ष ३३ का १ जना पुरुष कोरोनालाई जितेर घर फर्किएका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह.प्रा.डा.अर्जुन आचार्यले जानकारी दिनुभयो । निर्देशक आचार्यका अनुसार स्याङजाको वालिङ नगरपालिकाका बर्ष २६ का १ जना पुरुष पनि कोरोना मुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्