सरकारले शासन गर्ने नैतिक र राजनैतिक दुवै आधार गुमाएको काँग्रेसको आरोप – Kanika Khabar
Friday, April 19Nepali News Portal

सरकारले शासन गर्ने नैतिक र राजनैतिक दुवै आधार गुमाएको काँग्रेसको आरोप

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको विवादित अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको जनाएको छ । आज काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरुले केही गम्भीर प्रश्न सिर्जना गरेको बताउनुभएको हो । देशको प्रधानमन्त्रीका अभिव्यक्तिले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैन भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ? भन्दै प्रश्न गर्नुभएको छ । प्रवक्ता शर्माले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ र व्यवहार अर्कोतर्फ हुनु देशका लागि दुर्भाग्य भएको बताउनुभयो । उहाँले देशमा कोरोना र बाढीपहिरोका कहरका बीच प्रधानमन्त्री ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउनुभएको छ । काँग्रेसले प्रधानमन्त्री ओलीको दायित्व र व्यवहारलाई लिएर चार प्रश्न पनि तेर्साएको छ । प्रवक्ता शर्माले प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने पनि बताउनुभयो । संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना नगरेको पनि प्रवक्ता शर्माले बताउनुभयो । प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रुपले बदल्ने वा प्रधानमन्त्री नै बदल्ने कुरा नेकपाकै आन्तरिक विषय भएको पनि प्रवक्ता शर्माले बताउनुभयो । प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न पनि कांग्रेसले माग गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्