एफ.एफ रेडियोको इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट दिने – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

एफ.एफ रेडियोको इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट दिने

    मा प्रकाशित

कनिका संवाददाता

असार ३१, काठमाडौं
नेपाल सरकारले आर्थिक बर्ष २०७७ ÷७८ को लागि एफ.एफ रेडियोको इजाजतपत्र र नविकरण शूल्क पूर्ण रुपमा छुट दिने भएको छ । नेपाल सरकारद्धारा आज प्रकाशित राजपत्रमा एफ. एम रेडियो तथा टेलिभिजनहरुको इजाजत पत्र नबिकरणमा शत प्रतिशत छुट दिने उल्लेख गरिएको छ । रोयल्टी भने एक प्रतिशत मात्रै लाग्ने पनि उल्लेख गरिएको छ । त्यस्तै लामो समयदेखि नबिकरण नगरेका रेडियोहरुलाइ थप दस्तुर तिरेर पुष मसान्त भित्र नबिकरण गर्न आग्रह गरिएको छ । यस अघि सामुदायिक रेडियो रेडियो प्रसारक सङ्घ अकोराबले कोभिड १९को बिषम परिस्थितिमा नबिकरण शूल्कमा छुट दिन सरकारसंग पटक, पटक आग्रह गर्दै आएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्