जम्बु र बुल्कोटका बाढी पहिरो बेपत्तालाइ नदीले बगाएको आशङ्का – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जम्बु र बुल्कोटका बाढी पहिरो बेपत्तालाइ नदीले बगाएको आशङ्का

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, सिन्धुपाल्चोक
बुधबार रातिकाृ वर्षाका कारण बाढीमा बेपत्ता भएका सिन्धुपाल्चोकका २० जना अझै भेटिएका छैनन् । उनीहरुको अवस्था अझै एकिन हुन सकेको छैन । बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढी पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आसङ्का गर्न थालिएको छ । चार दिनदेखि हिजो सम्म स्काभेटर लगाएर खोजी कार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । बाढी र पहिरोले सडकको सतह भन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ । उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । बाह्रबिसेको खागदल खोलाको पुल बगाएपछि अस्थायी काठको फट्के राखिएको छ । खोर्सानी बारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदैं जलेटार ब्यारेक भएर फट्के तरेर पारी जानुपर्ने बाध्यता छ । डिभिजन सडक कार्यालय दोलखाले सुनकोशी नदीले बगाएको जुरेको करिब १ सय ५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने सडक निर्माण गरेपछि बाह्रबिसेसम्मको यात्रा सहज भएको छ । बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन । बाह्रबिसेको खुर्सानी बारीको सडक पूरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव देखिँदैन । त्यसका लागि मनसुन हटेर भोटेकोशीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने डिभिजनल इञ्जीनियर विजयकुमार महतोले बताउनुभयो । भोटेकोशी र सुनकोशी नदीको वहाव झन् उर्लदो क्रममा छ । नदीमा तीव्र बहाव र पानी पनि धमिलो भएकाले खोजीकार्य प्रभावकारी हुन सकेको छैन ।जम्बु र सुनकोसी गाउँपालिकाका अधिकांश घर बाढीको लेदोले पुरिएका छन् । बाढी पहिरोबाट जिल्लामा १ सय वढि विस्थापित भएका छन् । ५२ घर परिवारको भौतिक क्षति भएको छ । बाढीपहिरोबाट विस्थापित परिवारले आफूहरुलाई तत्काल पुनस्र्थापना गर्न सरकारसंग माग गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्