आज मनकामना केबलकार बन्द हुने – Kanika Khabar
Thursday, May 2Nepali News Portal

आज मनकामना केबलकार बन्द हुने

    मा प्रकाशित

काठमाडौँ, ७ वैशाख ।
आज शुक्रबार एक दिनका लागि मनकामना केबलकार बन्द हुने भएको छ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

केबलकारको सेवा भोलि शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालि ले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका– ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका– ३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना माईको मन्दिर जाने भक्तजनको सहजताका लागि २०५५ सालदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्