टरीगाउँ विमानस्थल बिस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी – Kanika Khabar
Thursday, May 16Nepali News Portal

टरीगाउँ विमानस्थल बिस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी

    मा प्रकाशित

गणेश आचार्य
तुलसीपुर, १७ वैशाख ।
तुलसीपुर उपमहानगरपाललिकाले टरीगाउँ विमानस्थल बिस्तारका लागि नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने भएको छ ।
उपमहानगरको २१औँ कार्यपालिका बैठकले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने निर्णय गरेको मेयर टिकाराम खड्काले जानकारी दिए । मेयर खड्काका अनुसार नागरिक उड्यन प्राधिकरणले कपास विकास समितिको जग्गा आफूले पाएमा विमानस्थल बिस्तार गर्न सकिने लिखित आशयव्यक्ता गरेको थियो । प्राधिकरणको माग बमोजिम उपमहानगरले टरीगाउँ विमानस्थलदेखि दक्षिणतर्फ रहेको कपास विकास समितिको तीन बिगाहा जग्गा हकभोग अधिकारसहित नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्न भूमि व्यवस्था शाखालाई निर्देशन दिएको छ ।
टरीगाउँ विमानस्थलको रन वे हाल ७ सय ५० मिटर मात्रै छ । रन वे कम भएका कारण यहाँ टुइनेटर विमान मात्रै बस्ने गरेका छन् । तर, ती विमानको उडान नियमित छैन् । उडान नियमित नभएपछि दाङ लगायत साविक राप्ती अञ्चलवासी हवाई सेवाका लागि नेपालगन्ज र भैरहवा जान बाध्य छन् ।
तुलसीपुर उपमहानगरले नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघी बढाएसँगै रन वे बढाएर १८ सय मिटर पु¥याउने लक्ष्य राखिएको उपमेयर स्यानी चौधरीले जानकारी दिइन । उपमेयर चौधरीका अनुसार कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गरी विमानस्थलदेखि उत्तर तर्फको जग्गा अतिग्रहन गरे रन वे १८ सय मिटर बनाउन सकिने डिपिआर नागरिक उड्यन प्राधिकरणले तयार पारेको छ । सोही डिपिआर बमोजिम काम गर्ने गरी तुलसीपुर उपमहानगरले संघीय सरकारबाट बजेट माग गर्ने लगायतका काम अघि बढाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्