रुकुम पश्चिममा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

रुकुम पश्चिममा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

    मा प्रकाशित

रुकुम पश्चिम,१८ वैशाख ।
रुकुम पश्चिममा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । रुकुम पश्चिममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिम्रुतु भन्ने स्थानमा आज मङ्गलबार बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्