१८ वटा सार्वजनिक बिदामा जिल्ला प्रशासन कार्यालय दाङले सेवा प्रवाह गर्ने – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

१८ वटा सार्वजनिक बिदामा जिल्ला प्रशासन कार्यालय दाङले सेवा प्रवाह गर्ने

    मा प्रकाशित

दाङ, १८ वैशाख ।
जिल्ला प्रशासन कार्यालय दाङले याे वर्ष १८ वटा सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले यही वैशाख १ देखि आगामी चैत मसान्तसम्ममा विषेश पर्वका सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने जनाएकाे हाे ।

सार्वजनिक बिदाका दिनमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने लगायतका सेवा प्रवाह गरिने भएको हो । कार्यालयले बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, उभौली पर्वका सार्वजनिक बिदाका दिनमा सेवा प्रवाह गर्ने भएको हो ।

यसैगरी क्रिसमस डे, तमुलोसार, माघे सक्रान्ति, सहिद दिवस, सोनाम ल्होसार, प्रजातन्त्र दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, अन्तराष्ट्रिय महिला दिवस, ईद उल फित्र र ईद उल अजाहमा पनि सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ ।

May be an image of ticket stub, map, blueprint and text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्