प्याब्सन दाङकाे सचिवालय बैठक सम्पन्न , स्थानीय कमिटीले भाेलि स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्याब्सन दाङकाे सचिवालय बैठक सम्पन्न , स्थानीय कमिटीले भाेलि स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने

    मा प्रकाशित

बीरेन्द्र चन्द

साउन १, दाङ ।

काेभिड १९ बाट लामाे समयसम्म बन्दाबन्दीकाे मारमा परेका विद्यालयहरूलाई अब बिस्तारै लयमा फर्काउने गृहकार्यका लागि प्याब्सन दाङकाे सचिवालय बैठक सम्पन्न भएकाे छ । केन्द्रीय प्याब्सनले पटक पटक सरकारसँग निजी विद्यालयका समस्या अवगत गराउँदै छलफल गरे पनि सरकारले आश्वासन मात्र दिएकाे तर कार्यान्वयनमा आलटाल गर्दै आएपछि केन्द्रीय प्याब्सनले रणनीति बदलेकाे हाे ।

केन्द्रीय रणनीतिकाे परिपत्र देशभरका जिल्ला शाखामा आएपछि त्यही बमाेजिम अगाडि बढ्न दाङ प्याब्सनले गृहकार्य थालेकाे हाे । आजकाे छलफलपश्चात भाेलि पालिकास्तरीय प्याब्सनले स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउने छन् । केन्द्रीय स्तरमा सरकारसँग छलफलका क्रममा भएका सहमतिमा सरकार सकारात्मक नभएसम्म संस्थागत विद्यालयहरूले सञ्चालन गर्दै आएकाे अनलाइन कक्षा स्थगित गर्ने निर्णय भएकाे छ ।

अनलाइन कक्षा सञ्चालन भए नभएकाे अनुगमन गर्ने निर्णय भएकाे छ । कही सञ्चार माध्यमहरूमा शुल्क लिन नपाएका कारण अनलाइन कक्षा बन्द गरेकाे भन्ने भ्रमपूर्ण समाचारकाे खण्डन गर्दै अनलाइन कक्षाकाे शुल्क नलिइएकाे र नलिने कुरामा आश्वस्त हुन आग्रह गरेकाे छ । प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढाकाे अध्यक्षता तथा केन्द्रीय सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रमुख सल्लाहकार तथा केन्द्रीय सदस्य यादव गिरी, केन्द्रीय सदस्य केशव थापा, प्रदेश नं.५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, प्याब्सन दाङका सल्लाहकार बिनयकुमार मिश्र,नवल जिएम लगायतले धारणा राखेका थिए । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे बैठककाे सहजीकरण सचिव खगेश्वर पाैडेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्