हाडबासमा छैन खानेपानी – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

हाडबासमा छैन खानेपानी

    मा प्रकाशित

दशरथ घिमिरे

देउखुरी । धारा छन् । पानी छैन । पाइप छन् तर पग्लिएर खुम्चिएका छन् । कति ठाउँमा त पाइप नै जलेका छन् । आगलागी हुँदा खानेपानीको संरचनामा क्षति पुगेपछि अग्निपीडितहरुलाई खानेपानीको समस्या देखिएको छ ।

एउटा सानो पानीको मुहानलाई टंकीसम्म डो¥याएर हाडबासमा खानेपानीको धारा वितरण गरिएको थियो । २३ घरधुरीका करिब एक सय सदस्यले सातवटा धारामा वितरण गरिएको पानी उपभोग गर्दै आएका थिए तर जब गाउँमा आगलागी भयो, त्यो धाराको पाइप पनि जल्यो । अनि धारामा पानी आउन छाड्यो । राजपुर गाउँपालिका–७ हाडबासका स्थानीयले अहिले मुख्यगरी खानेपानीको समस्या भोग्नुपरेको छ । साँझ विहानको छाक टार्न चाहिने दाल, चामल, तरकारी, लगाउने कपडासम्म स्थानीयहरु समक्ष पु¥याउन थालिएको छ । केहीले मिनरल वाटरको बोतल नै राहतको रुपमा पु¥याएका छन् । ‘हाम्रो यो ठाउँको अहिलेको मुख्य समस्या पानीकै हो । आगो निभाउन पानी भएन । अहिले प्यास मेटाउन पानी पुगिरहेको छैन’– स्थानीय अग्निपीडित खिमलाल खत्रीले भन्नुभयो– ‘अमिलियाबाट राहतको रुपमा मिनरल वाटर ल्याइदिनुभयो । देउखुरी उद्योग वाणिज्य संघले पनि पानीको बोतल पु¥याइदिनुभयो । यो बोतलको पानीले सधैं नपुग्ला अब हामीलाई आफ्नै धाराको पानी चाहिएको छ ।’

राप्ती नदीको किनारमा बालुवा खोस्रिएर जरुवा बनाइएको छ । पानी नपुगेको खण्डमा स्थानीयले त्यही पानी खाने गरेको मन्जु केसी पौडेलले बताउनु भयो । ‘खानेपानीले सताउन थाल्यो । पानी नहुँदा बचेका गाई, बाख्राले पनि पानी खान पाएका छैनन्’–उहाँले भन्नुभयो– ‘धारामा पानी नआउँदासम्म यहाँको समस्या समाधान हुँदैन ।’ एक सय १० जना स्थानीयहरु आगलागीका कारण विस्थापित छन् । खुला आकाशमुनि रात बिताउन बाध्य छन् । आगलागीले प्लास्टिकको पाइपमा क्षति पु¥याएको वडा अध्यक्ष पुष्कर वलीले जानकारी दिनुभयो । ‘प्लाष्टिकका पाइप जलेका छन् । टंकी र चेम्बर सुरक्षित छ । तर टंकीसम्म पुग्ने पाइप र धारासम्म पुगेका पाइप जलेका छन्’– उहाँले भन्नुभयो– ‘खानेपानी डिभिजन कार्यालयले यसमा ध्यान दिएको खण्डमा समस्या चाँडै समाधान हुने थियो ।’ अमिलियाबाट पाइप तानेर खानेपानी वितरण गर्ने बारेमा पनि छलफल भएको छ । तर स्थानीयस्तरमा पानीको भरपर्दाे स्रोतको खोजी गरेर त्यही पानी प्रयोग गर्दा दीर्घकालीन रुपमा फाइदा हुने स्थानीयको भनाइ छ । खानेपानीको समस्या समाधान गर्ने गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले बताउनुभयो ।

राहत पुग्ने क्रम शुरु

राजपुर गाउँपालिका–७ हाडबासका अग्निपीडितलाई राहत सामग्री पु¥याउन थालिएको छ । स्थानीय सरकार राजपुर गाउँपालिकासँगको समन्वयमा सहयोगी संघ संस्थाहरुले अग्निपीडितलाई लक्षित गरेर राहत पु¥याउन थालेका हुन् । अग्निपीडितलाई लमही नगरपालिकाले एक लाख २५ हजार प्रदान गर्ने भएको छ । नगर प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगी हाडबास पुगेर आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । त्यस्तै देउखुरी उद्योग वाणिज्य संघ लमहीले एक लाख पाँच हजार नौ सय पाँच, नेपाल औषधि व्यवसायी संघ दाङले ४० हजार, स्वर्गद्वारी कश्यप सेवा समाजले ७८ हजार एक सय ५०, गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले ३५ हजार बराबरको राहत सहयोग गरेको छ । ‘यो विपत्तिमा हामी सबैले नैतिक समर्थन जनाएका छौं । सामाजिकरुपमा सद्भाव र सहयोग ग¥यौं’– देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले भन्नुभयो– ‘विपत्मा सबैको सहयोगले सहानुभूति मिल्छ ।’ गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकी र वडा अध्यक्ष पुष्कर वलीलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । नेपाल औषधि व्यवसायी संघ दाङले अग्निपीडितहरुको निःशुल्क स्वास्थ्य जाँच समेत गरेको छ । यो समाचार आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्